सुनको भाउमा वृद्धि, चाँदी तोलामा ५ रुपैयाँले बढ्यो
नेपाली बजारमा सोमबार सुनको भाउमा सामान्य वृद्धि देखिएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार आइतबारको तुलनामा सुनको भाउ प्रतितोला १ सय रुपैयाँले बढेको छ।




यससँगै छापावाल सुनको भाउ प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा पुगेको छ। त्यस्तै तेजावी सुनको भाउ प्रतितोला ९२ हजार १ सय रुपैयाँ पुगेको छ।


चाँदीको भाउ पनि आइतबारको तुलनामा तोलाको ५ रुपैयाँ बढेको छ। चाँदी प्रतितोला १२५५ रुपैयाँमा कारोबार भइरहेको छ।




