बालुवाटारमा एमालेको अडान : संसद खुलाउन सभामुखले राजीनामा दिनुपर्छ

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुख अग्नि सापकोटाले पदबाट राजीनामा दिनुपर्ने अडान राखेको छ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको तीन दलको बैठकमा एमालेले कारबाही गरिएका १४ सांसदबारेको निर्णयमा सभामुख अग्निप्रसाद सापकोटाले गल्ती नस्वीकारेसम्म संसद नखोल्ने अडान लिएको हो।

Ganyapdhura gau
Dadhaldhura pur

बैठकमा सहभागी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलबाट कारबाही गरेका माधवकुमार नेपालसहित १४ जना सांसदहरु संसदमा उपस्थित हुन्जेल संसद खुल्ने सम्भावना नरहेको स्पष्ट पारेका छन्।बैठकमा सहभागी एमाले महासचिव शंकर पोखरेलले बालुवाटारमा बोल्दै यसबारेमा जानकारी दिएका हुन्।

Navadurga sun

‘सभामुखबाट जे कमजोरी भएको छ, पहिले त्यसलाई सच्याउनुपर्छ’, बैठकमा आफूहरुले राखेको कुराबारे पोखरेलले भने, ‘एमालेले कारबाही गरेका १४ जना गैरसांसदमाथि कारबाहीको सूचना पहिले टाँसिनुपर्छ। दलले कारबाही गरेका सांसदलाई राखेर संसद चलाइरहँदा एमालेले मान्दैन। यदि होइन भने सभामुखले मार्ग प्रशस्त गरिदिनुपर्छ।’

महासचिव पोखरेलले सभामुखले एमालेलाई संसदमा पस्ने वातावरण बनाउन यिनै दुई विकल्प रहेको पनि बताए।’हामीलाई संसदमा पस्ने वातावरण पहिले बनाउनुपर्छ’, उनले भने, ‘कि त हामीले गरेको कारबाहीको सूचना सभामुखले टाँस्नुपर्छ। यदि होइन भने सभामुखले मार्गप्रशस्त गरिदिए मात्रै संसद खुल्छ।’

ADD Khali jpg
ADD Khali jpg
Loading...