अछामका प्रमुख जिल्ला अधिकारी सहित पाँच कर्मचारीमा कोरोना पुष्टि




अछाम, ३ माघ– अछामका प्रमुख जिल्ला अधिकारी लगायत जिल्ला प्रशासन कार्यालय अछामका ५ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनी लगायत ५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।



प्रमुख जिल्ला अधिकारी लगायत नागरिकता फाँट र अन्य शाखामा कार्यरत ५ जना कर्मचारीमा संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने आकस्मिक र शान्ति सुरक्षा बाहेकका सबै सेवा एक हप्ताका लागि बन्द गरिएको छ ।


प्रमुख जिल्ला अधिकारी मरासेनीद्वारा जारी सूचनामा माघ १० गतेसम्मका लागी कार्यालयबाट प्रदान हुने आकस्मिक र शान्ति सुरक्षा बाहेकका सेवा बन्द गरिएको उल्लेख गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी मरासिनीका अनुसार प्रजिअ लगायत अन्य कर्मचारीमा ज्वरो आउने, खोकी लाग्ने, जीउ दुख्ने लगायतका लक्षण देखिएका छन् । कोरोना संक्रमण पुष्टि भएका सबै कर्मचारी होम आइसोलेसनमा रहेका छन् ।



