कैलाली-कञ्चनपुरका सिकलसेल एनिमिया रोग चुनौतीका रुपमा देखा पर्न थाल्याे

कञ्चनपुर, ९ पुस– पछिल्लो समय कैलाली र कञ्चनपुर जिल्लामा बसोवास गर्ने थारु समुदायका व्यक्तिका लागि सिकलसेल एनिमिया रोग चुनौतीका रुपमा देखा पर्न थालेको छ। पाँच वर्षदेखि १५ वर्षमुनिका बालबालिका सो रोगबाट धेरै पीडित हुने गरेको जनाइएको छ। प्रौढ समेत सो रोगबाट ग्रस्त छन्।

Ganyapdhura gau

बिहीवार मात्र ४०१ को रगत परीक्षण गरिएको मध्ये १७ जनामा सिकलसेल एनिमियाको ट्रेट९बाहक० फेला परेको छ। शुक्लाफाँटा नगरपालिका–३ जोनापुरमा स्वास्थ्य कार्यालय कञ्चनपुरले सिकलसेल एनिमिया पहिचान तथा निदानका लागि निःशुल्क रगत परीक्षण शिविर आयोजना गरेको थियो।

Navadurga sun

कृष्णपुर नगरपालिका–४ मा दुई दिन अघि सिकलसेल एनिमियासम्बन्धी आयोजना गरिएको निःशुल्क शिविरमा ३६५ जनाको रगत परीक्षण गरिएका मध्ये ४२ जनामा ट्रेट (बाहक) फेला परेको थियो। कार्यालयका सिकलसेल एनियमियाका स्रोत व्यक्ति सिद्धराज भट्टका अनुसार बाहक फेला परेका व्यक्तिको रगतलाई पुनः परीक्षणका लागि कैलालीको सेती प्रादेशिक अस्पतालमा पठाइएको जानकारी दिए। सिकलसेल एनिमिया भए नभएको बारे सात दिनभित्र परीक्षण नतिजा आउने उनले बताए।

Dadhaldhura pur

थप परीक्षणपछि मात्रै बाहक मात्रै हो वा सिकलसेल एनिमिया हो भन्नेबारे जानकारी हुने बताइएको छ। “सिकलसेल एनिमियाको अर्ध दोषयुक्त जिनलाई हेटेरोगेस टे«ट भन्ने गरिन्छ”, उनले भने, “सिकलसेल एनियमयाको अर्ध दोषयुक्त गुण बोकेको व्यक्तिमा एनिमियाका लक्षण देखा पर्दैनन्।” सिकलसेल एनिमिया रोग पहिचान नभएका रोगीहरुको सङ्ख्या गाउँ घरमा धेरै भएको अनुमान गरिए पनि यकिन विवरण भने कुनै निकायसँग छैन। सिकलसेल एनिमियाको उपचार पद्धति निकै खर्चिलो हुँदा सर्वसाधारणले यस रोगको उपचार गर्न निकै सास्ती ब्यहोर्नुपर्छ।

कैलालीको सेती अस्पतालमा मात्रै रोग पहिचानको व्यवस्था मिलाइएको छ। सिकलसेल एनिमिया देखा परे बिरामीलाई उपचारका लागि सरकारका तर्फबाट एक लाख अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको छ। जीवनभर रोगीले औषधि खानुपर्ने भएकाले एक लाख अपर्याप्त भएको सिकलसेलबाट सङ्क्रमितको भनाइ रहेको छ। अनुदानबापत पाइने एक लाख बिरामीलाई नगद उपलब्ध गराउने नभई अस्पतालले त्यस मूल्य बराबरको औषधि रोगीलाई उपलब्ध गराउने गरेको छ।

शुक्लाफाँटा नगरपालिकाको स्वास्थ्य शाखका प्रमुख परमानन्द भट्ट सिकलसेल एनिमिया रगतको रातो रक्तकोषमा हुने एक जैविक वंशाणुगत रोगका रुपमा रहेको बताउँछन्। यसले शरीरमा रगत बनाउने रातो रक्तकोषिकाको सङ्ख्या घटाउदै लैजान्छ। सिकलसेल भएका व्यक्तिमा शरीरका विभिन्न अङ्गमा अक्सिजन सहितको रातो रक्तकोष पर्याप्त मात्रामा पुग्न नसक्दा यसले फोक्सो, मिर्गौला, फियो तथा मस्तिष्कलगायतका अङ्गमा क्षति पु¥याउनुका साथै स्वास्थ्यमा गम्भीर असर पु¥याउने उनको भनाइ छ। “आमाबाबु दुवैमा सिकलसेल एनिमिया भए सन्तानमा पनि सङ्क्रमित हुने धेरै सम्भावना रहन्छ”, उनले भने, “आमा वा बाबु कुनै एक जनामा मात्र छ भने सन्तानमा देखिने सम्भावना न्यून हुन्छ।”

रातो रक्तकोषको आकार परिवर्तन भई हँसियाको रूप जस्तै घुमेको अर्ध चन्द्रकारमा रक्त कोषिका रहने गर्दछन्। सिकलसेल भएपछि रगतको कोषिकाले हँसियाको आकार लिन्छ यस्तो अवस्थामा फोक्सो बढ्नुका साथै इन्फेक्सन हुन्छ र मुख्यतः रगतको कमी हुन्छ। हँसिया आकारको रातो रक्तकोष धेरै कडा एवं एकापसमा टाँसिने हुन्छ। त्यस्ता बिरामीको रगतमा अक्सिजनको कमी भई भित्री अङ्गमा नोक्सानी हुनुका साथै मस्तिष्क स्ट्रोक हुन सक्छ। यसको दुखाइ एकदमै कडा हुन्छ।

स्वस्थ व्यक्तिमा रगतको सेल गोलो आकारको हुन्छ भने सिकलसेल भएको व्यक्तिको हँसिया आकारको हुन्छ। यसकारण शरीरमा अक्सिजन र पोषण नपुग्दा मांसपेशी र जोर्नीमा धेरै पीडा हुने चिकित्सक बताउँदछन्। सिकलसेल रोग वंशानुगत रोग भएकाले परिवारमा यस्तो रोगबाट पीडित व्यक्ति भएमा रगत परीक्षण गरेर मात्रै विवाह गर्ने उमेर पुगेका युवाले विवाह गर्दा उपयुक्त हुने जनाइएको छ। सेती प्रादेशिक अस्पतालका सामाजिक सेवा एकाइका प्रमुख गौरीदत्त जोशीका अनुसार सिकलसेलबाट कैलाली र कञ्चनपुरका गरी ७०० बढी व्यक्ति पीडित छन्। “यो रोग विशेष गरी थारु समुदायमा चुनौतीमा रुपमा देखा परेको छ”, उनले भने, “रोग पहिचान र निदानका लागि हालसम्म भएका प्रयास पर्याप्त छैनन्। यसलाई विस्तार र सेवालाई बिरामीको पहुँचमा पुर्याउनु पर्छ।” (रासस)

ADD Khali jpg
ADD Khali jpg
Loading...