माओवादी केन्द्र र नेकपा मसालबीच एकता घोषणा

काठमाडौं, ९ पुस । नेकपा माओवादी केन्द्र र नेकपा मसाल बाट विद्रोह गरेर बनेको नेकपा मसाल सम्पर्क केन्द्र बीच पार्टी एकता भएको छ। शुक्रबार काठमाडौमा आयोजित कार्यक्रममा दुवै पार्टीका नेताबीच एकता पत्रमा हस्ताक्षर गरेर एकता घोषणा गरिएको हो ।

Ganyapdhura gau

माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सम्पर्क केन्द्रका तर्फबाट संयोजक लोकेन्द्र लम्सालले संयुक्त विज्ञप्ति जारी गर्दै एकता घोषणा गरेका हुन् ।

Navadurga sun
Dadhaldhura pur

नेकपा माओवादी केन्द्र र नेकपा मसाल सम्पर्क केन्द्रबीच विभिन्न चरणमा भएका छलफल र सम्वादपछि उक्त एकता भएको प्रचण्ड र लम्सालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेकपा माओवादी केन्द्र र नेकपा मसाल सम्पर्क केन्द्र बीच वार्ता र संवादका दौरानमा नेकपा मसाल सम्पर्क केन्द्रले नेपालको राजनीतिक परिवर्तनमा मुख्य भूमिका अध्यक्ष प्रचण्डको नेतृत्वमा माओवादी आन्दोलन कै रहेको तथ्यलाई स्वीकार गर्दै वर्तमान राजनीतिक सैद्धन्तिक प्रश्नहरुको साथै संगठनात्मक प्रश्नमा पनि मुलत समान दृष्टिकोण निर्माण भएको छ’, प्रचण्ड र लम्सालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

साथै समझदारी बन्न बाँकी स्थानीय तहहरुका पार्टी सेलसम्मकै पार्टी संगठनको काम र जनवर्गीय मोर्चाहरुको एकीकरणको काम छिटै गरिने विज्ञप्तिमा उल्लेख छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...