सातै प्रदेशमा कमिटी गठन

काठमाडौं, २८ मंसिर- नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल महिला सङ्घले सातै प्रदेशमा कमिटी गठन गरेको छ । पार्टीको जनवर्गीय सङ्गठनका रूपमा हालै स्थापना भएको सङ्घले प्रादेशिक कमिटी गठन गरेको हो।

Dadeldhura hospital

जिल्ला तह, स्थानीय तह, वडा तहसम्म कमिटी विस्तार गर्ने क्रममा रहेको सङ्घका प्रचार विभाग प्रमुख राममाया(चमिना) भट्टराईले जानकारी दिए।महिला हिंसा न्यूनीकरण गर्न सबै प्रदेशमा विभिन्न राजनीतिक गतिविधि सञ्चालन गरेको सङ्घले महिला हिंसाविरुद्ध १६ दिने कार्यक्रममा समेत देशैभर जनचेतनामूलक अभियान सञ्चालन गरी सामाजिक एकता अभिवृद्धि गरेको थियो।

Navadurga sun
Godawari sandesh

ग्रामीण क्षेत्रमा राजनीतिकरूपमा महिला हक, हित तथा अधिकारका विषयलाई प्रवद्र्धन गरी महिला उद्यमशीलताका माध्यमबाट उनीहरुको जीवनस्तरमा सुधारका साथै आर्थिक सशक्तीकरणमा भूमिका निर्वाह गर्ने कार्य योजना सङ्घले बनाएको छ।पार्टीका सबै तहमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रमसमेत गर्दै आएको सङ्घले जनाएको छ। (रासस)

Loading...