नेकपा (एस) जिल्ला कमिटी सचिवालयको बैठक अछामको साँफेबगरमा सम्पन्न

अछाम, २२ मंसिर– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटी सचिवालयको बैठक साँफेबगरमा विभिन्न निणर्यहरु गर्दै सम्पन्न भएको छ । जिल्ला कमिटी अध्यक्ष हिरेण्ड भट्टराईको अध्यक्षतामा भएको बैठकमा प्रमुख अतिथिको आसनबाट बोल्दै केन्द्रीय सदस्य एंब राष्ट्रिय सभा सदस्य शेरबहादुर कुवरले सबै नेता कार्यकर्ता इमानदार भएर जनताको सेवा गर्नु पर्ने बताए ।

Dadeldhura hospital

बैठकमा केन्द्रीय सदस्य एंब अछाम जिल्ला इन्चार्ज कुलबहादुर कुवर र सह-इन्चार्ज शंकर भण्डारीको कम्युनिस्ट पार्टी विधि, पद्धति, संगठनात्मक प्रणाली अनुसार सञ्चालन गर्न सबै सचिवालयका सदस्य प्रतिबद्ध हुनु पर्ने जोड दिएका छन् ।

Navadurga sun
Godawari sandesh

साँफेबगरमा बसेको प्रथम सचिवालयको बैठकले मंसिर ११ गते देखि २१ गते सम्म अछाम जिल्लाका १० वटै स्थानीय तहमा भएका भेला गोष्ठी र आम सभामा उत्साह जनक सहभागी भएकोमा पार्टी नेता कार्यकर्ता जनतालाई समेत धन्यवाद दिँदै कार्यक्रमको समीक्षा गरिएको छ । सचिवालयको बैठकले विभिन्न विभागका प्रमुखको जिम्मेवारी दिने निणर्य गरेको प्रचार विभाग प्रमुख राजेन्द्र कुवरले जानकारी दिए ।

Loading...