अत्तरिया- अत्तरिया उद्योग वाणिज्य संघको आयोजना तथा उद्योग तथा वाणिज्य कार्यालय धनगढीको सहकार्यमा अत्तरियामा साना तथा मझौला उद्यमीहरूलाई लक्षित गरी MRP (अधिकतम खुद्रा मूल्य) लेबलसम्बन्धी तालिम सञ्चालन हुने भएको छ।




व्यवसायीहरूलाई MRP लेबलसम्बन्धी जानकारी प्रदान गर्नुका साथै व्यवसाय सञ्चालनका क्रममा देखिने विभिन्न विषयमा आवश्यक परामर्श दिने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको अत्तरिया उद्योग वाणिज्य संघले जनाएको छ।







संघका अनुसार उक्त तालिम तथा परामर्श कार्यक्रम २०८३ साल मंसिर १२ गते शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रम अत्तरिया उद्योग वाणिज्य संघको कार्यालय, वनखेतमा आयोजना गरिनेछ।
संघले अत्तरिया क्षेत्रका सम्पूर्ण उद्योगी तथा व्यवसायीहरूलाई कार्यक्रममा उपस्थित भई लाभ लिन आग्रह गरेको छ।
संघका अध्यक्ष कमल कडायतले साना तथा मझौला उद्यमीहरूका लागि उपयोगी हुने भएकाले सम्पूर्ण व्यवसायीहरूलाई कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध गरेका छन्।





