कञ्चनपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

कञ्चनपुर- कञ्चनपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

कञ्चनपुरको लालझाडी गाउँपालिका–३ बल्मी स्थित सडक किनारमा भे २ त ८०९ नम्वरको वालुवा लोड गरेको ट्याक्टर उत्तानो अवस्थामा पल्टिई दुर्घटना हुँदा चालक पुनर्वास नगरपालिका–८ खड्डा बस्ने ३२ वर्षीय अजय रानाको मृत्यु भएको हो।

Navadurga sun

दुर्घटना हुँदा रानाको बुधबार राति ट्याक्टरको सिट मुनि च्यापिएर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। दुर्घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

ADD Khali jpg
Loading...