रसुवा बाढीपीडित नेपाललाई सहयोग गर्न अमेरिका तयार, ५ लाख डलर सहायता घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नेपाललाई आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराउन अमेरिका तयार रहेको बताएका छन्।

ट्रम्पले अमेरिकी प्रशासनले नेपाली नेतृत्वसँग सम्पर्क गरिरहेको र विपद्का बेला आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले बाढीबाट भएको क्षति असाधारण रहेको बताउँदै शक्तिशाली पानी र हिलोको भेलले पक्की भवनसमेत बगाएको उल्लेख गरे।

Navadurga sun

अमेरिकी विदेश मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि विपद् प्रतिक्रिया विज्ञ नेपाल पठाएको जनाएको छ। साथै, Catholic Relief Services मार्फत ५ लाख अमेरिकी डलर बराबरको आपत्कालीन सहायता उपलब्ध गराउने घोषणा गरेको छ। उक्त रकम आश्रय, राहत सामग्री तथा खानेपानी, सरसफाइ र स्वच्छताका क्षेत्रमा प्रयोग गरिनेछ।

बाढीपछि नेपालमा करिब ९० जना अमेरिकी नागरिक बेपत्ता रहेको अमेरिकी विदेश मन्त्रालयलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ। अमेरिकी दूतावासले नेपाली अधिकारीसँग समन्वय गरी उनीहरूको खोजी तथा सहयोग गरिरहेको जनाएको छ।

ट्रम्प प्रशासनले नेपालमा रहेका अमेरिकी नागरिकको उद्धारलाई प्राथमिकतामा राखेको जनाएको छ। साथै, प्रभावित अमेरिकी नागरिकलाई स्थानीय अधिकारीको निर्देशन पालना गर्न र आपत्कालीन सूचनाका लागि STEP कार्यक्रममा दर्ता हुन आग्रह गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...