धनगढी- सुदूरपश्चिममा आयोजना हुन लागेको ‘सुदूरपश्चिम गाईजात्रा सिजन–२’ मा बैतडीको पाटन नगरपालिका पनि प्रवर्द्धकका रूपमा जोडिएको छ।
सुदूरपश्चिमको कला, संस्कृति, हास्यव्यङ्ग्य तथा स्थानीय प्रतिभालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको गाईजात्रा सिजन–२ मा पाटन नगरपालिकाको सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी र व्यापक बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रममा सुदूरपश्चिमका विभिन्न जिल्लाका कलाकार तथा हास्यव्यङ्ग्य क्षेत्रका प्रतिभाहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ। यसअघि पनि सुदूरपश्चिम गाईजात्रा सिजन–२ मा विभिन्न स्थानीय तह तथा संस्थाहरू प्रवर्द्धकका रूपमा जोडिँदै आएका छन्।
पाटन नगरपालिका प्रवर्द्धकका रूपमा जोडिएसँगै बैतडीको स्थानीय कला, संस्कृति र पहिचानलाई समेत प्रदेशस्तरमा उजागर गर्ने अवसर प्राप्त हुने विश्वास गरिएको छ।
आयोजकका अनुसार गाईजात्रालाई मनोरञ्जनमा मात्र सीमित नराखी सुदूरपश्चिमको मौलिक कला, संस्कृति, सामाजिक विषयवस्तु र स्थानीय प्रतिभालाई राष्ट्रिय स्तरमा चिनाउने माध्यमका रूपमा अघि बढाउने उद्देश्य राखिएको छ।
सुदूरपश्चिमका विभिन्न स्थानीय तहको सहकार्य र प्रवर्द्धनले कार्यक्रमलाई प्रदेशव्यापी बनाउन सहयोग पुग्ने आयोजकको विश्वास छ।
