धनगढी- सवारीज्यान मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका एक प्रतिवादीलाई कैलाली प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जानकी गाउँपालिका–८ का ४० वर्षीय रामस्वरुप चौधरी रहेका छन्। जिल्ला अदालत कैलालीको फैसलाले उनलाई सवारीज्यान मुद्दामा ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना सजाय तोकेको थियो।

फैसला कार्यान्वयन गर्ने क्रममा इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले चौधरीलाई शुक्रबार दिउँसो आफ्नै घरबाट पक्राउ गरेको हो।
पक्राउ परेका चौधरीलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
