मौसम अपडेट: आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेशको तराईमा आंशिक बदली र बाँकी अधिकांश क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, गण्डकी, कर्णाली, सुदूरपश्चिम तथा बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाले आज दिउँसो र राति हिमाली तथा पहाडी क्षेत्रका धेरै स्थानमा तथा तराईका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने जनाएको छ। बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम, कोशी, मधेस र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

Navadurga sun

भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन र जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...