अत्तरिया उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिले गर्यो सपथ ग्रहण

अत्तरिया- अत्तरिया उद्योग वाणिज्य संघका नवनिर्वाचित ११ जना पदाधिकारी तथा सदस्यहरूले सपथ ग्रहण गरेका छन् । संघले आयोजित विशेष कार्यक्रममा उनीहरूलाई पद तथा गोपनीयताको सपथ गराउनुका साथै निर्वाचन प्रमाणपत्र पनि वितरण गरिएको हो ।

Ganyapdhura gau
Dadhaldhura pur

कार्यक्रममा संघका वरिष्ठ पदाधिकारी, निर्वाचन समिति, उद्योगी–व्यवसायी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले व्यवसायीहरूको हित संरक्षण, संघको संस्थागत विकास र स्थानीय व्यापार–व्यवसायको प्रवर्द्धनमा सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Navadurga sun

संघले नवनिर्वाचित नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिँदै व्यवसायीहरूको हकहित, आर्थिक गतिविधिको विस्तार तथा निजी क्षेत्रको सशक्तीकरणमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...