मौसम अपडेट: देशभर वर्षा, केही क्षेत्रमा भारी पानी पर्ने चेतावनी

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक सरदर स्थानभन्दा केही माथि रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली भएको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।

Ganyapdhura gau
Dadhaldhura pur

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी तथा तराईका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभाग तथा मधेस प्रदेश र बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

Navadurga sun

आज राति पनि देशभर बदली रहनेछ। देशका पहाडी तथा तराईका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै, कोशी प्रदेशको पहाडी भूभाग तथा कोशी र लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले ती क्षेत्रमा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...