समयमै काम पूरा गर्ने निर्माण व्यवसायीलाई सम्मान

हरिश चन्द/डडेल्धुरा २६ असार- अक्सर निर्माणका काम अलपत्र परेका, समयमा काम नसकिएकाले सर्वसाधारणले समस्या भोगेका र निर्माण व्यवसायी नै फरार भएका समाचार अखबारहरुमा आउँछन् । यस्तै पूर्वाधार विकास कार्यालय, डडेल्धुराका कर्मचारिले ताली बजाएर निर्धारित समयमै निर्माण कार्य सम्पन्न गर्ने दुई निर्माण व्यवसायी (जेभी) लाई सम्मान गरेको छ । 

Ganyapdhura gau

Navadurga sun
Godawari sandesh
Dadhaldhura pur

आज आयोजित एक कार्यक्रमका बीच कार्यालय प्रमुख नवराज रावलले राजेन्द्र–तेज–दुनिला जेभी, धनगढीका ब्यबसायी लालित बोहरा र सिद्धनाथ–जयभगवती जेभीका दिपक सिंह भाटलाई सम्मानपत्र प्रदान गर्दै समयमै गुणस्तरीय निर्माण सम्पन्न गरेकोमा प्रशंसा गरेका हुन् ।

कार्यालय प्रमुखका अनुसार राजपुर–बोगटान–दिपायल (बासुदेवी–मडघर खण्ड) २० किलोमिटर सडक निर्माण कार्यको जिम्मा लिएको राजेन्द्र–तेज–दुनिला जेभी, धनगढीसँग २०८० चैत ३ गते सम्झौता भएको थियो । उक्त आयोजना २०८३ भदौ ३ गते सम्पन्न गर्नुपर्नेमा निर्माण व्यवसायीले समयमै काम सम्पन्न गरेको हो । 

आयोजनाको कुल लागत ७९ करोड २२ लाख १६ हजार ५ सय ४९ रुपैयाँ रहेको कार्यालयले जनाएको छ । त्यसैगरी डोटीको बोगटान क्षेत्रमा रहेको टुडागाड सडक पुल (२५ मिटर) निर्माणको जिम्मा लिएको सिद्धनाथ–जयभगवती जेभीसँग २०८२ असार ३ गते सम्झौता भएको थियो । निर्माण कम्पनीले २०८३ जेठ ३ गते नै पुल निर्माण सम्पन्न गर्नुपर्नेमा समयमै सम्पन्न गरेको हो । यस आयोजनाको कुल लागत ५ करोड १५ लाख ६२ हजार ९ सय ८५ रुपैयाँ रहेको छ कार्यालय प्रमुख नवराज रावल । 

सम्मान कार्यक्रममा कार्यालय प्रमुख रावलले तोकिएको समयभित्र विकास आयोजना सम्पन्न गर्ने निर्माण व्यवसायीलाई प्रोत्साहन गर्न सम्मान गरिएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि गुणस्तरीय र समयमै निर्माण सम्पन्न गर्ने संस्कृतिको विकास गर्न सबै निर्माण व्यवसायीलाई आग्रह गर्नु भयो । 

Couple
Loading...