गोदावरीको मालाखेती अस्पतालमा सर्पदंश उपचार सेवा सुरु हुँदै

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–३ स्थित मालाखेती अस्पतालमा सर्पदंश उपचार सेवा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। आवश्यक उपकरण जडानको काम अन्तिम चरणमा पुगेकाले साउन महिनादेखि सेवा सञ्चालन गर्ने तयारी गरिएको छ।

Ganyapdhura gau

गोदावरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीका अनुसार सर्पदंश उपचारका लागि नेपाल सरकारको मापदण्डअनुसार आवश्यक सम्पूर्ण उपकरण अस्पतालमा पुगिसकेको छ। पोर्टेबल भेन्टिलेटरसहितका उपकरण जडान भइरहेको र सेवा सुरु गर्न आवश्यक तयारी पूरा हुँदै गएको उनले बताए।

Navadurga sun
Godawari sandesh
Dadhaldhura pur

उनका अनुसार सर्पदंश उपचारका लागि अस्पतालका स्वास्थ्यकर्मीलाई आवश्यक तालिम दिइसकिएको छ। उपचारका लागि छुट्टै कक्षको व्यवस्था समेत गरिएको छ।

सर्पदंश उपचार सेवा सञ्चालनका लागि प्रदेश सरकारले १० लाख रुपैयाँ लगानी गरेको छ। केही उपकरण अस्पतालमै उपलब्ध रहे पनि मुख्य उपकरण पोर्टेबल भेन्टिलेटर भने सेती अस्पतालबाट ल्याइएको जनाइएको छ।

गोदावरी नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममार्फत मालाखेती अस्पतालमा सर्पदंश उपचार सेवा विस्तार गर्ने घोषणा गरेको थियो। सोही योजनाअनुसार प्रदेश सरकारको सहयोगमा सेवा सञ्चालनको तयारी गरिएको हो।

सर्पदंश उपचारका लागि आवश्यक एन्टी स्नेक भेनम औषधि पनि उपलब्ध हुने सुनिश्चित भइसकेको छ। उक्त औषधि संघ सरकारको आपूर्ति व्यवस्थापन केन्द्र, धनगढीबाट उपलब्ध गराइने जनाइएको छ।

Couple
Loading...