सुदूरपश्चिम प्रदेश स्तरीय ‘एसईई आइडल’ छैटौं संस्करण धनगढीमा सुरु

धनगढी- सुदूरपश्चिम प्रदेश स्तरीय नृत्य तथा गायन प्रतियोगिता ‘एसईई आइडल’ को छैटौं संस्करण आजदेखि धनगढीमा औपचारिक रूपमा सुरु भएको छ।

Ganyapdhura gau

प्रभात मिडिया एण्ड ईभेन्ट प्रा. लि. को आयोजनामा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन धनगढीको मिलनचोकस्थित वैशेषिक पाठशालामा आयोजित विशेष समारोहबीच सम्पन्न भएको हो।

Navadurga sun
Godawari sandesh

आयोजक संस्थाका अध्यक्ष प्रकाश छेडाल को सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा प्याब्सन धनगढी का अध्यक्ष ध्रुबबहादुर सिंह प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा वाइवाइ चाउचाउ का सुदूरपश्चिम प्रमुख सुन्दर खनाल तथा वैशेषिक पाठशालाका प्राचार्य विवेक भट्ट विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

Dadhaldhura pur

प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका वि.सं. २०८३ सालमा एसईई परीक्षा दिने विद्यार्थीहरूले मात्र सहभागिता जनाउन पाउनेछन्। प्रतियोगिता नृत्य र गायन गरी दुई विधामा सञ्चालन हुनेछ।

दुवै विधाका विजेताले नगद रु. १,११,१११, ट्रफी, प्रमाणपत्र तथा कक्षा ११/१२ अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्राप्त गर्नेछन्। त्यसैगरी, उपविजेताले नगद रु. ५५,५५५, ट्रफी, प्रमाणपत्र र कक्षा ११/१२ अध्ययनका लागि छात्रवृत्ति प्राप्त गर्ने आयोजकले जनाएको छ।

आयोजकका अनुसार प्रतियोगिताको अडिसन र भिडियो राउण्ड वि.सं. २०८३ असारदेखि २०८३ माघसम्म सञ्चालन गरिनेछ। प्रतियोगिताको सेमिफाइनल वि.सं. २०८४ वैशाख १५ गते तथा भव्य फाइनल वि.सं. २०८४ जेठ ५ गते आयोजना गर्ने तालिका सार्वजनिक गरिएको छ।

आयोजकका अनुसार प्रतियोगिताको उद्देश्य सुदूरपश्चिम प्रदेशका एसईई विद्यार्थीमा रहेको गायन तथा नृत्य प्रतिभाको पहिचान, प्रोत्साहन र राष्ट्रिय स्तरसम्म पहुँच विस्तार गर्नु हो।

Couple
Loading...