एसपीए मुख्य प्रायोजकसँगै सातौं संस्करणको सुदूरपश्चिम स्पोर्ट्स अवार्ड हुँदै

धनगढी- नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आगामी १९ असार मा आयोजना गर्न लागेको सातौं संस्करणको ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’ को मुख्य प्रायोजन सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) ले गर्ने भएको छ।

Ganyapdhura gau

मुख्य प्रायोजनसम्बन्धी सम्झौतापत्रमा एसपीएका प्रमुख बुधराम चौधरी र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठक ले मंगलबार हस्ताक्षर गरेका हुन्।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

सम्झौतापछि अब अवार्ड कार्यक्रम ‘एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’ का नामबाट आयोजना गरिने अध्यक्ष पाठकले जानकारी दिए। एसपीएले लगातार चौथो वर्ष पनि मुख्य प्रायोजकका रूपमा अवार्डलाई साथ दिएको हो।

यसअघि नै सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् ले कार्यक्रमको मुख्य प्रवर्द्धकका रूपमा सहकार्य गर्ने सम्झौता गरिसकेको छ।

आयोजकका अनुसार, सातौं संस्करणको अवार्डमार्फत वर्ष २०८२/०८३ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी तथा प्रशिक्षकलाई आठ विधामा सम्मानित गरिनेछ।

Couple
Loading...