सुदूरपश्चिममा ३९.१६ प्रतिशत धान रोपाइँ सम्पन्न

धनगढी- सुदूरपश्चिम प्रदेशमा चालु धान रोपाइँ सिजनअन्तर्गत हालसम्म ३९ दशमलव १६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। कृषि विकास निर्देशनालय, दिपायल डोटीले सार्वजनिक गरेको असार १५ गतेसम्मको तथ्यांकअनुसार प्रदेशका नौ जिल्लामा लक्ष्य गरिएको एक लाख ५८ हजार ४५० हेक्टर क्षेत्रफलमध्ये ६१ हजार ९६७ हेक्टरमा धान रोपाइँ सम्पन्न भएको हो।

तथ्यांकअनुसार कञ्चनपुरमा सबैभन्दा बढी २० हजार ६२३ हेक्टर क्षेत्रफलमा धान रोपिएको छ, जुन कुल लक्ष्यको ४५ प्रतिशत हो। प्रतिशतका आधारमा भने बाजुरामा ४६.११ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। बझाङमा ४२ प्रतिशत, बैतडीमा ४० प्रतिशत, कैलालीमा ३५ प्रतिशत, अछाममा ३४.९९ प्रतिशत तथा डडेलधुरामा २७.५१ प्रतिशत रोपाइँ सम्पन्न भएको छ।

Navadurga sun

डोटीमा भने सबैभन्दा कम १५ प्रतिशत मात्रै रोपाइँ भएको छ। त्यहाँ ६ हजार २२४ हेक्टर रोपाइँयोग्य क्षेत्रमध्ये हालसम्म ९३४ हेक्टरमा मात्र धान रोपिएको छ।

कृषि विकास निर्देशनालयका अनुसार यस वर्ष मनसुन ढिलो सक्रिय हुनु र पर्याप्त वर्षा नहुनुका कारण केही जिल्लामा रोपाइँको गति सुस्त देखिएको हो। पछिल्ला दिनमा वर्षा सुरु भएसँगै अधिकांश जिल्लामा रोपाइँले गति लिएको छ भने आगामी केही दिनभित्र रोपाइँको प्रतिशत उल्लेख्य रूपमा बढ्ने अपेक्षा गरिएको निर्देशनालयले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...