कञ्चनपुरमा चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

कञ्चनपुर- चोरी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ।

Dadeldhura hospital

जिल्ला अदालत कञ्चनपुरको २०८३ असार ५ गतेको फैसलाअनुसार चोरी मुद्दामा २ वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकिएका भीमदत्त नगरपालिका–१८ कटानका ३३ वर्षीय विमल नेपालीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।

Navadurga sun
Godawari sandesh

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले उनलाई आफ्नै घरबाट नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका नेपालीलाई अदालतको फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा पेश गरिएको छ।

Loading...