

हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश तथा सुदूरपश्चिमका पहाडी र हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ। मधेस प्रदेशमा आंशिक बदली छ भने सुदूरपश्चिमको तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहेको छ।



आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली भूभागमा सामान्य बदली रहनेछ। अन्य पहाडी क्षेत्र तथा मधेस, बागमती र गण्डकीका तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान छ। कोशी प्रदेशका केही स्थान, हिमाली र पहाडी भूभागका थोरै स्थान तथा मधेस, बागमती र गण्डकीका तराईका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ।


आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा तथा मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सुझाव: वर्षाको सम्भावना रहेका क्षेत्रमा यात्रा गर्दा सतर्क रहनुहोस् र चट्याङ्गबाट बच्न आवश्यक सावधानी अपनाउनुहोस्।