पिकनिकको विवाद उग्र बन्दा कैलालीमा प्रहरीसहित ६ जना घाइते, ३ पक्राउ

धनगढी- कैलालीको कैलारी गाउँपालिका–१ स्थित वनदेवी मन्दिर क्षेत्रमा पिकनिक खान गएका स्थानीयबीच भएको सामान्य विवाद उग्र बन्दै झडपमा परिणत हुँदा प्रहरीसहित ६ जना घाइते भएका छन्। घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

Ganyapdhura gau

बिहीबार घोडाघोडी नगरपालिका–११ टप्पाका स्थानीयहरूबीच पिकनिकका क्रममा सुरु भएको विवाद कुटाकुटमा परिणत भएको थियो। स्थिति नियन्त्रणमा लिन पुगेको इलाका प्रहरी कार्यालय हसुलियाको टोलीमाथि समेत आक्रमण भएको प्रहरीले जनाएको छ।

Navadurga sun
Dadhaldhura pur

झडप नियन्त्रणका क्रममा इलाका प्रहरी कार्यालय हसुलियाका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) साउनसिंह क्षेत्री भाट, प्रहरी हवलदार भवानसिंह बुडाल र प्रहरी सहायक हवलदार शैलेन्द्र बोहरा घाइते भएका छन्। साथै स्थानीय गोकर्ण बोहरा, रामचरण चौधरी र नृप बोहरा पनि घाइते भएका छन्।

घाइतेमध्ये प्रहरी सहायक हवलदार शैलेन्द्र बोहरा र गोकर्ण बोहराको निसर्ग अस्पतालमा उपचार भइरहेको छ भने अन्य घाइते सामान्य उपचारपछि घर फर्किएका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घटनामा संलग्न २० वर्षीय स्वरुप कठरिया, २३ वर्षीय दिलीप कठरिया र २१ वर्षीय अरमान कठरियालाई पक्राउ गरिएको छ।

प्रहरीका अनुसार झडपका क्रममा खुकुरी, खुडा र चक्कुजस्ता घरेलु हतियारसमेत प्रयोग गरिएको थियो। प्रारम्भिक रूपमा पुगेको प्रहरी टोलीमाथि आक्रमण भएपछि थप प्रहरी परिचालन गरी अवस्था नियन्त्रणमा लिइएको जनाइएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...