गणतन्त्र दिवसको अवसरमा सुप समावेशी विद्यालयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

अत्तरिया- गणतन्त्र दिवसको अवसरमा गोदावरी नगरपालिका वडा नं. २ मा रहेको श्री सुप समावेशी आधारभूत विद्यालयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा शिक्षक–कर्मचारी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ तथा विद्यार्थीहरूको अर्थपूर्ण सहभागिता रहेको थियो । कार्यक्रममा विद्यालयको वर्तमान अवस्था र भावी योजनाका साथै विद्यार्थीहरूको सिकाइ स्तर कसरी अभिवृद्धि गर्ने, शिक्षक तथा अभिभावकका समस्या, आवासीय समस्याको व्यवस्थापन तथा समाधानका उपायहरू, साथै सिकाइ प्रक्रियालाई अझ प्रभावकारी बनाउने विषयमा गहन छलफल गरिएको थियो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

साथै, शिक्षक तथा कर्मचारीहरूबाट गुणस्तरीय शिक्षा प्रदान गर्ने, विद्यार्थीहरूको सिकाइ स्तर अभिवृद्धि गर्ने तथा शिक्षक आचारसंहिता पूर्ण रूपमा पालना गर्ने लगायतका विषयमा स्वघोषणा समेत जारी गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष विष्णा देवी बोहराको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गोदावरी नगरपालिका वडा नं. २ का वडा सदस्य तथा शिक्षक अभिभावक संघका अध्यक्ष डबल सिंह साउद प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।

कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक देवी साउदले गर्नुभएको थियो भने अन्तरक्रिया कार्यक्रमको सहजीकरण संस्थापक अध्यक्ष मानबहादुर साउदले गर्नुभएको थियो ।

Loading...