अत्तरियामा खानेपानी उपभोक्ताका लागि टोल फ्री सेवा सुरु

अत्तरिया- अत्तरिया साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था ले उपभोक्तालाई सहज, छिटो तथा प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले टोल फ्री नम्बर सेवा सञ्चालनमा ल्याएको छ ।

Ganyapdhura gau
Dadhaldhura pur

संस्थाका महासचिव धर्म सिंह कुँवर का अनुसार खानेपानीसँग सम्बन्धित कुनै पनि समस्या तथा गुनासो अब उपभोक्ताले निःशुल्क रूपमा टोल फ्री नम्बर १८१०-५०-००३८४ मा सम्पर्क गरेर जानकारी गराउन सक्नेछन्।

Navadurga sun
Godawari sandesh

उनले पानी नआउने, पाइप चुहिने, बिल सम्बन्धी समस्या लगायत अन्य गुनासोका विषयमा उपभोक्ताले उक्त नम्बर प्रयोग गर्न सक्ने जानकारी दिए।

उपभोक्ताको समस्यालाई छिटो समाधान गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन टोल फ्री नम्बर सञ्चालन गरिएको संस्थाले जनाएको छ। साथै, संस्थाले उपभोक्ताहरूलाई सेवा उपयोग गरी समस्या समाधानमा सहयोग गर्न आग्रह समेत गरेको छ।

Couple
Loading...