सुदूरपश्चिम प्रदेश सरकार को बेरुजु एक वर्षमै ६० करोडभन्दा बढी

धनगढी- महालेखापरीक्षकको कार्यालय ले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेल लाई बुझाएको ६३औँ वार्षिक प्रतिवेदनअनुसार सुदूरपश्चिम प्रदेश सरकारको बेरुजु उल्लेख्य रूपमा बढेको छ।

Ganyapdhura gau
Dadeldhura hospital

प्रतिवेदनमा आर्थिक वर्ष २०८१/८२ मा प्रदेश सरकारले ६० करोड ४८ लाख ८९ हजार रुपैयाँ बेरुजु गरेको उल्लेख छ। यो कुल ३९ अर्ब ४९ करोड ९१ लाख ५५ हजार रुपैयाँ लेखापरीक्षण गरिएको रकमको १.५३ प्रतिशत हो।

Navadurga sun
Godawari sandesh

यसअघि आर्थिक वर्ष २०८०/८१ मा ३५ अर्ब ६२ करोड ५९ लाख ७७ हजार रुपैयाँको लेखापरीक्षण गर्दा ५० करोड ६ लाख ९३ हजार रुपैयाँ बेरुजु भेटिएको थियो। उक्त बेरुजु दर १.४१ प्रतिशत रहेको थियो।

नयाँ प्रतिवेदनअनुसार प्रदेश सरकारको बेरुजु दर ०.१२ प्रतिशतले बढेको छ। हाल सुदूरपश्चिम प्रदेश सरकारको कुल बेरुजु ३ अर्ब ५८ करोड ८९ लाख ९ हजार रुपैयाँ पुगेको जनाइएको छ।

Couple
Loading...