लम्कीचुहा प्रादेशिक अस्पताल विवादप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सामाजिक विकास मन्त्रालय अन्तर्गत सञ्चालनमा रहेको लम्कीचुहा प्रादेशिक अस्पताल को सञ्चालन तथा व्यवस्थापनसम्बन्धी देखिएको विवादप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालजस्तो संवेदनशील संस्थामा देखिएको असहज अवस्थालाई संवाद र सहकार्यमार्फत समाधान गर्न सबै पक्षलाई आग्रह गरेको हो ।

मन्त्रालयका अनुसार २०८३ वैशाख ३१ गते सामाजिक विकास मन्त्रालय र स्वास्थ्य निर्देशनालयबाट खटिएको टोली अस्पतालको स्थलगत अनुगमन तथा वास्तविक अवस्था बुझ्न पुगेको समयमा केही व्यक्तिबाट मन्त्रालयका कर्मचारीमाथि असहयोगपूर्ण तथा अनुचित व्यवहार गरिएको थियो । उक्त घटनाप्रति मन्त्रालयले दुःख व्यक्त गर्दै यस्तो व्यवहारले समाधानभन्दा समस्या थप जटिल बनाउने उल्लेख गरेको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

विज्ञप्तिमा अस्पताल केवल एउटा संस्था मात्र नभई नागरिकको आशा र जीवनसँग जोडिएको संवेदनशील क्षेत्र भएकाले स्वास्थ्य सेवा प्रभावित नहुने वातावरण बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने उल्लेख गरिएको छ। मन्त्रालयले आवश्यक तथ्य र प्रमाणका आधारमा उचित पहल गरिने विश्वाससमेत दिलाएको छ।

सामाजिक विकास मन्त्रालयले प्रदेश सरकारको निर्णयअनुसार प्रचलित ऐन तथा नियमावलीबमोजिम लम्कीचुहा प्रादेशिक अस्पतालको आर्थिक, भौतिक तथा जनशक्ति व्यवस्थापन गर्ने कार्यमा मन्त्रालय प्रतिबद्ध रहेको स्पष्ट पारेको छ। साथै अस्पताल सञ्चालनका लागि मेडिकल सुपरिटेन्डेन्ट, लेखा अधिकृत र प्रशासनिक अधिकृतसहित केही कर्मचारी खटाइसकिएको जानकारी पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

मन्त्रालयले केही दिनभित्रै सेवा सञ्चालनलाई थप सहज र प्रभावकारी बनाउने तयारी भइरहेको जनाएको छ। समस्या समाधान टकरावबाट नभई सहकार्य, संयमता र जिम्मेवार संवादबाट सम्भव हुने उल्लेख गर्दै प्रदेश सरकार तथा नेपाल सरकारका निर्णय कार्यान्वयनमा सबै पक्षको सहयोग आवश्यक रहेको मन्त्रालयको भनाइ छ।

Loading...