


अछाम- अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित राहाबल्दे नजिक कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता भएका छन् ।



बिहीबार साँझ करिब ७ बजेतिर डुङ्गा पल्टिँदा स्थानीय ३५ वर्षीय पहलसिंह बुढा र उनका १३ वर्षीय छोरा नरेश बुढा बेपत्ता भएको प्रहरीले जनाएको छ ।


घटनालगत्तै नेपाल प्रहरी र स्थानीय बासिन्दाले खोजी कार्य सुरु गरेको तुर्माखाँद गाउँपालिका अध्यक्ष डम्बर बिसीले जानकारी दिए ।
नदी पारिबाट डुङ्गामा घाँस लिएर फर्कँदै गर्दा उनीहरू बेपत्ता भएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए । उनका अनुसार बेपत्ता व्यक्तिहरूको खोजीका लागि सशस्त्र प्रहरीको ९ जनाको टोली घटनास्थलतर्फ खटिएको छ ।





