पश्चिमी वायुको प्रभाव: हिमाली र पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपालमा हाल पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ, जसका कारण देशभर मौसममा परिवर्तन देखिन थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार विभिन्न भू-भागमा बदली बढ्दै जाँदा वर्षाको सम्भावना पनि बढेको छ।

अहिले हिमाली क्षेत्रमा बाक्लो बादल लागेको छ भने पहाडी भेगमा आंशिक बदलीको अवस्था रहेको छ। तराईका जिल्लाहरूमा भने मौसम सामान्यतया सफा रहेको छ। कोशी प्रदेशका पहाडी र हिमाली क्षेत्रसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

आज दिनभर कोशी प्रदेशको पहाडी क्षेत्र र देशका अन्य हिमाली भू-भागमा बादल लाग्ने देखिएको छ भने बाँकी पहाडी क्षेत्रमा पनि आंशिक बदली रहने सम्भावना छ। तराई क्षेत्रमा भने घाम लाग्ने र मौसम सफा रहने अनुमान गरिएको छ।

महाशाखाका अनुसार कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने सम्भावना छ। साथै गण्डकी प्रदेशका केही स्थान र अन्य हिमाली क्षेत्रमा पनि हल्का वर्षा तथा हिमपात हुन सक्ने देखिएको छ।

मौसममा आएको यस परिवर्तनले विशेषगरी पहाडी तथा हिमाली जनजीवनमा सामान्य असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सम्बन्धित सबैलाई सुझाव दिइएको छ।

Loading...