सुदूरपश्चिममा चिकित्सा शिक्षाको नयाँ युग: सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा

अत्तरिया- कैलालीको धनगढीस्थित गेटामा रहेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय आगामी शैक्षिक सत्रदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। विश्वविद्यालय सभाको चौथो बैठकले चिकित्सा शिक्षाको पठनपाठन सुरु गर्ने निर्णय गरेको हो।

शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेल को अध्यक्षतामा बसेको बैठकले चारवटा सङ्कायमा अध्ययन–अध्यापन सुरु गर्ने निर्णय गर्दै विद्यार्थी भर्ना कोटा समेत निर्धारण गरेको छ।

Navadurga sun

उपकुलपति सुनिलकुमार जोशी का अनुसार एमबिबिएसमा ५०, बीएस्सी नर्सिङमा ३०, बीएमएलटीमा २० र अप्टोमेट्रीमा २० जना विद्यार्थी भर्ना गरिनेछ। साथै ३०० शैयाको शिक्षण अस्पताल सञ्चालन गर्ने तयारी पनि अघि बढाइएको छ।

विश्वविद्यालय सञ्चालनका लागि सरकारले आवश्यक बजेट सुनिश्चित गरिसकेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय ले ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था गरेको छ भने चिकित्सकहरूको तलबका लागि समेत बजेट विनियोजन गरिएको छ।

गोदावरी नगरपालिका–५ मा करिब ५१ हेक्टर क्षेत्रफलमा फैलिएको यस विश्वविद्यालयमा हालसम्म ४२ वटा भवन निर्माण सम्पन्न भइसकेका छन् र ६ अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ।

कैलाली क्षेत्र नम्बर ५ का सांसद आनन्द चन्द ले विश्वविद्यालय सञ्चालनले सुदूरपश्चिममा शिक्षा र स्वास्थ्य क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन्।

यो विश्वविद्यालय सञ्चालनमा आउनु सुदूरपश्चिमका लागि ऐतिहासिक उपलब्धि मानिएको छ। यसले स्थानीय स्तरमै गुणस्तरीय चिकित्सा शिक्षा उपलब्ध गराउनुका साथै स्वास्थ्य सेवाको विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...