कक्षा ५ सम्म आन्तरिक परीक्षा बन्द गर्ने सरकारको निर्णय

बालबालिकाको मानसिक दबाब घटाउने उद्देश्य

काठमाण्डौ- नेपाल सरकारले आगामी शैक्षिक सत्रदेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि लिइँदै आएको आन्तरिक परीक्षा प्रणाली पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ।

Ganyapdhura gau
Dadhaldhura pur

शुक्रबार मन्त्रिपरिषद्बाट स्वीकृत ‘शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूची’ अनुसार यो निर्णय लागू गरिनेछ।

Navadurga sun

यस निर्णयसँगै अब प्राथमिक तहका विद्यार्थीहरूले परम्परागत लिखित परीक्षाको दबाब झेल्नु नपर्ने भएको छ। सरकारले साना बालबालिकामा परीक्षाबाट हुने मानसिक तनाव, डर र दबाब कम गर्न तथा उनीहरूको स्वाभाविक सिकाइ प्रक्रियालाई प्रोत्साहन गर्न यस्तो कदम चालेको जनाएको छ।

कार्यसूचीको बुँदा नम्बर ८९ अनुसार अब कक्षा ५ सम्मका विद्यार्थीका लागि परीक्षा नलिएर उनीहरूलाई असर नपर्ने वैकल्पिक मूल्याङ्कन प्रणाली विकास गरिनेछ।

ADD Khali jpg
ADD Khali jpg
Loading...