


अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं.२ अत्तरियास्थित दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८२ का कक्षा १० का विद्यार्थीहरूको माध्यमिक शिक्षा परीक्षा (S.E.E.) को परीक्षाकेन्द्र सार्वजनिक गरेको छ । विद्यालयले जारी गरेको अत्यन्त जरुरी सूचना अनुसार परीक्षा आगामी चैत्र १९ गतेदेखि सुरु हुने बताइएको छ ।


विद्यालयका अनुसार रजिष्ट्रेशन नम्बर 827730340001 देखि 827730340160 सम्म तथा सिम्बोल नम्बर 07302967 I देखि 07303126 L सम्म रहेका विद्यार्थीहरूको परीक्षाकेन्द्र गुहेश्वरी माध्यमिक विद्यालय बसन्तपुर, अत्तरियामा तोकिएको छ ।



त्यस्तै, रजिष्ट्रेशन नम्बर 827730340161 देखिमाथिका सबै तथा सिम्बोल नम्बर 07303127 M देखि 07303248 D सम्मका विद्यार्थीहरूको परीक्षाकेन्द्र सरस्वती माध्यमिक विद्यालय गेटामा निर्धारण गरिएको विद्यालयका प्रधानाध्यापक बिर सिंह महताद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।
विद्यालयकाले सम्बन्धित विद्यार्थी तथा अभिभावकहरूलाई जानकारी गराइन्छ साथै विद्यार्थीहरुले समयमै आवश्यक कागजातसहित परीक्षाकेन्द्रमा उपस्थित हुन समेत आग्रह गरिएको छ ।






