डोटीमा जिप दुर्घटना हुँदा ४ जना घाइते

डोटी- डोटीमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आइतबार दिउँसो बोगटान फुड्सिल गाउँपालिका–३ धौलाबस्ती भन्ने ठाउँमा सु.प.प्र. ०३ ००१ च ००१४ नं. को जिप दुर्घटनामा परेको हो ।

Dadeldhura hospital

प्रहरीका अनुसार दुर्घटनामा परी बोगटान फुड्सिल गाउँपालिका–३ मेल्टाकी ६६ वर्षीया जुनादेवी साउद र १७ वर्षीया सिता साउद गम्भीर घाइते छन् । उनीहरू दुवै जनाको टाउको, खुट्टा र छातीमा चोट लागेको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

यसैगरी जिपका चालक बोगटान फुड्सिल गाउँपालिका–६, पलाडीका २७ वर्षीय तिर्थ बोगटी र वडा नं। ३ मेल्टाका १९ वर्षीय शारदा साउद पनि घाइते भएका छन् ।

Loading...