सत्यवती एकेडेमीको १४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं.२ अत्तरिया स्थित सत्यवती एकेडेमीले आफ्नो १४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस प्रथम चरण (कक्षा ८ देखि १२) भव्य रूपमा सम्पन्न गरेको छ ।

Ganyapdhura gau

विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा समाजका विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

Navadurga sun

कार्यक्रम शिक्षिका रम्भा महराको सभापतित्वमा सम्पन्न भएको थियो भने सुदूरपश्चिम प्राज्ञ प्रतिष्ठानका उपकुलपति डा. टी.एन. जोशी प्रमुख अतिथिका रूपमा रहनु भएको थियो । सह–प्राचार्य चुडामणी गजुरेलले स्वागत मन्तव्य व्यक्त गर्नुभयो ।

कार्यक्रममा विद्यार्थीहरूले गीत, नृत्य, नाटकसहित विभिन्न सांस्कृतिक तथा सिर्जनात्मक प्रस्तुतिहरू प्रदर्शन गरेका थिए, जसले उपस्थित दर्शकहरूलाई भरपुर मनाेरञ्जन गराएको थियो ।

यस अवसरमा शैक्षिक क्रियाकलाप तथा खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । साथै, उच्च शिक्षा अध्ययनरत पूर्व विद्यार्थीहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।

Dadhaldhura pur

सम्मानित विद्यार्थीहरूमा आयुष जोशी, अनमोल भट्ट, बिभुती कडायत, नरेन्द्र धामी, पूर्णिमा भट्टराई, दीक्षा भट्ट, रोशनी जोशी र पूजा कुमारी ऐर रहेका छन् ।

त्यस्तै, शिक्षामा अतलुनिय योगदान गरेकाेमा पूर्व शिक्षकहरुमा डम्बर महरा ‘समीर’, हितेश साउँद, बिन्दु मल्ल, टेकेन्द्र बहादुर सिंह रहेका छन् । विद्यालयले आगामी दिनहरुमा पनि क्रमशः सबै शिक्षक/शिक्षिकाहरुलाई सम्पान गर्ने गनाएको छ ।

त्यस्तै स्थापना कालदेखि बिद्यालयको बृद्धी बिकासमा सहयोग गर्नुहुने शेर बहादुर धामी, सामाजिक धार्मीक कार्यामा संलग्न गुरुकुलका पदमराज उपाध्याय, २०५२ साल देखि शिक्षण पेशामा संलग्न रहि बालबालिकाहरुकाे बृद्धी बिकासमा सहयोगी प्राचार्य मान बहादुर ऐर तथा अत्तरिया अस्पताल प्रा. लि. लाई विशेष सम्मान प्रदान गरिएको थियो ।

विद्यालयका संस्थापक वीर बहादुर कडायतले सत्यबती एकेडेमी पवित्र उद्देश्यका साथ स्थापना गरिएको उल्लेख गर्दै १४ वर्षको अवधिमा समाजलाई आवश्यक नेतृत्वदायी र दक्ष जनशक्ति उत्पादन गर्न सफल भएको बताउनुभयो ।

हाल विद्यालयमा करिब २१०० विद्यार्थी अध्ययनरत छन् भने कक्षा १२ सम्मको शिक्षा सञ्चालन भइरहेको छ ।

वार्षिकोत्सव तथा अभिभावक दिवसले विद्यालय, विद्यार्थी र अभिभावकबीचको सहकार्यलाई थप सुदृढ बनाउने तथा शिक्षा, संस्कार र नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...