

अत्तरिया- कैलालीको अत्तरियामा रहेको अत्तरिया जेसिज वर्ष २०२६ का अध्यक्षमा बम बहादुर बोगटी चयन भएका छन् । शनिबार सम्पन्न भएको अत्तरिया जेसिजको १४औँ साधारण सभा तथा शाखा अधिवेशनले वर्ष २०२६ का लागि नयाँ कार्यसमिति चयन गरेको हो ।



नवगठित कार्यसमितिको कार्यकारिणी उपाध्यक्षमा टेक खड्का र शान परियार चयन भएका छन् । यस्तै, महासचिवमा प्रेमा पाठक भण्डारी र कोषाध्यक्षमा केशव भट्ट चयन भएका छन् ।


समितिको कानुनी सल्लाहकारमा अनिष सिंह चयन भएका छन् भने उपाध्यक्षहरूमा चिरञ्जीवी भट्ट, दुर्गादत्त पन्त, भूपेश कुमार महरा र आकाश खड्का चयन भएका छन् ।
नयाँ कार्यसमितिले युवाहरूको नेतृत्व विकास, सामाजिक सेवा तथा सामुदायिक सशक्तीकरणका कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।