चैतन्य पाठशालाले ‘चैतन्य दोस्रो विद्यार्थी महोत्सव २०८२’ आयोजना गर्ने

धनगढी- शिक्षा र संस्कारको संगम, वेद र विज्ञानको संयोजन तथा प्रकृति र संस्कृतिप्रतिको सम्मानलाई शैक्षिक अभ्यासमा आत्मसात् गर्दै आएको चैतन्य पाठशालाले ‘चैतन्य दोस्रो विद्यार्थी महोत्सव २०८२’ आयोजना गर्ने भएको छ।

Ganyapdhura gau

आइतबार आयोजित पत्रकार भेटघाटमार्फत पाठशालाले महोत्सव आगामी २०८२ साल पौष २२ गतेदेखि पौष २९ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो। महोत्सव ‘ज्ञानको जागरण, संस्कृतिको सम्मान, नवप्रवर्तनको प्रवाह’ भन्ने मूल भावका साथ आयोजना गरिने विद्यालयका प्रधानाध्यापक प्रेमनिधि ओझाले बताए।

Navadurga sun

उनका अनुसार महोत्सवको मुख्य उद्देश्य विद्यार्थीहरूमा अन्तर्निहित प्रतिभा उजागर गर्नुका साथै सिर्जनशीलता, नेतृत्व क्षमता, सामाजिक चेतना, अन्वेषणशील सोच र आत्मविश्वासको विकास गर्नु हो।

पाठशालाका सिइओ गणेशप्रसाद जोशीले शैक्षिक, सांस्कृतिक, साहित्यिक तथा रचनात्मक गतिविधिहरू समेटिएको यस महोत्सवले विद्यार्थीहरूलाई कक्षाकोठाभित्र सीमित नभई व्यावहारिक, जीवनोपयोगी र मूल्यपरक सिकाइको अनुभव प्रदान गर्ने बताए। महोत्सवमा अभिभावक, शिक्षक, विद्यालय परिवार, शुभेच्छुक महानुभाव तथा समुदायको सक्रिय सहभागिता रहने उनको भनाइ छ।

Dadhaldhura pur

उनले महोत्सवमार्फत विद्यार्थीहरूको बौद्धिक, सिर्जनात्मक, सांस्कृतिक तथा व्यावहारिक सीप विकास गरिने, आत्मविश्वास, नेतृत्व क्षमता र सार्वजनिक अभिव्यक्ति सुदृढीकरण गरिने तथा संस्कार, मूल्य र नैतिक शिक्षालाई व्यवहारसँग जोडिने बताए।

विद्यार्थी महोत्सवबाट भाषा, साहित्य, संस्कृति तथा स्थानीय पहिचानको संरक्षण र प्रवर्द्धन, सहकार्य, सहिष्णुता र स्वस्थ प्रतिस्पर्धात्मक भावनाको विकास तथा आधुनिक ज्ञान र परम्परागत मूल्यबीच सन्तुलन कायम गर्न प्रेरित गरिने विद्यालयले जनाएको छ।

महोत्सवअन्तर्गत विमान तथा मानवरहित यन्त्र उडान परीक्षण, विज्ञान, प्रविधि, अभियांत्रिकी र गणित (STEM) प्रदर्शनी, अन्तर–विद्यालय प्रतियोगिता, योग तथा ध्यान कार्यक्रम, शैक्षिक खेल, सामुदायिक सेवा तथा रक्तदान कार्यक्रम, स्थानीय परिकार प्रदर्शनी आयोजना गरिनेछ।

यसैगरी नाटक मञ्चन, बौद्धिक बहस, मौलिक तथा सांस्कृतिक प्रस्तुति, पुस्तक समीक्षा प्रतियोगिता, कविता तथा कथा वाचन, माघी मिलन विशेष कार्यक्रम, चित्रकला तथा हस्तकला प्रतियोगिता, शब्द खेल तथा अन्तर्राष्ट्रिय नमुना सम्मेलन शैलीको बहस कार्यक्रमसमेत सञ्चालन हुने जनाइएको छ।

चैतन्य पाठशालाले महोत्सवलाई विद्यार्थी केन्द्रित, संस्कारयुक्त र नवप्रवर्तनमुखी शैक्षिक अभियानका रूपमा सफल बनाउन सम्पूर्ण सञ्चारकर्मी, अभिभावक, शुभेच्छुक महानुभाव तथा समुदायसँग सक्रिय सहभागिता र सहयोगको अपेक्षा गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...