

कैलाली- फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला प्रहरी कार्यालयहरूले फरार प्रतिवादीहरूलाई पक्राउ गरेका छन् ।



जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले विभिन्न मुद्दामा कैद सजाय तथा जरिवाना तोकिएका २ जना फरार प्रतिवादीलाई शुक्रबार उनीहरूको घर ठेगानाबाट पक्राउ गरिएको हो ।


यसैबीच, जिल्ला डडेल्धुरामा पनि फैसला कार्यान्वयनका क्रममा एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । सम्मानित जिल्ला अदालत डडेल्धुराको फैसलाअनुसार लागूऔषध मुद्दामा ८ दिन कैद, १० हजार रुपैयाँ जरिवाना तथा थप ४ सय रुपैयाँ जरिवाना तोकिएका जिल्ला कैलाली धनगढी उपमहानगरपालिका–३ मिलनचोक बस्ने २२ वर्षीय आयुष सिजापतीलाई शनिबार अमरगढी नगरपालिका–५ बागबजारबाट जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका सबै प्रतिवादीहरूलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।