डडेल्धुरा अस्पताल ३ सय शैय्याको काम अगाडी बढ्दै 

हरिश चन्द/डडेल्धुरा ६ पुष- डडेल्धुरा अस्पताललाई ३ सय शैय्याको भौतिक निर्माण भईरहेको छ । हाल १ सय शैय्याको रहेको उक्त अस्पताललाई ३ सय शैय्याको बनाईरहेको अस्पतालले जनाएको छ । 

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

सुदूरपश्चिमको एकमात्र संघीय अस्पतालका रुपमा रहेको डडेल्धुरा अस्पताल लामो समय पछि पुरानो भवनलाई भत्काएर त्यसमा  ३ सय शय्याको अस्पताल सञ्चालन गर्ने तयारी छ । ३ सय शैय्याका नभएसम्म मेडिकल कलेज पूर्ण रूपमा चल्न नसक्ने भएकाले अस्पतालको क्षमता पनि बढाउँदै लैजानुपर्ने अस्पतालका मे.सु. डा.सुधा देवकोटाले जानकारी दिनुभयो । 

‘अस्पताल र मिडिकल कलेज एक अर्काका परिपूरक हुन’ उहाँले भन्नु भयो ‘यि दुबैलाई साथ साथै लैजान सकेमात्र जनताले चाहेको स्वास्थ्य सेवा र चिकित्सा शास्त्रको पढाई गर्नका लागि हाललाई पुरानो भवन मर्मत गरि कक्षा संञ्चालन गर्न लागेको जनाएको छ । ’ डडेल्धुरा अस्पतालले ३ सय शैय्यामा सञ्चालन गर्न नयाँ भवन बनाइरहेको छ ।

अस्पतालमा कार्यरत जनशक्तिलाई मेडिकल कलेजले पनि काममा लगाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले एमबीबीएसको पढाई सुरु गर्नु भन्दा नर्स र पारामेडिक्सको पढाई सुरु गर्ने समेत जानकारि दिनुभयो  ।

डडेलधुरा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष करुणाकर ओझाले जनशक्ति थप्ने कार्यमा सरकारले सहयोग गर्नुपर्ने बताए । डडेल्धुरा अस्पताल सुदूरपश्चिमका पहाडी सात जिल्लाका बिरामीको मुख्य गन्तव्य हो । डडेल्धुरा सहित बझाङ, बाजुरा, बैतडी, दार्चुला, अछाम र डोटीका बिरामी उपचारका लागि यही अस्पतालमा आउने गर्छन् । 

Loading...