धनगढीबाट खैरो हेरोइन सहित २ जना पक्राउ

Dadeldhura hospital

धनगढी- कैलालीको धनगढीबाट लागू औषध खैरो हेरोइन सहित २ जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–१३ राजपुरबाट २४ वर्षीय आकाश राना पक्राउ परेका छन । उनको साथबाट २ ग्राम २८० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यस्तै धनगढी उपमहानगरपालिका–२ त्रिनगर व्यारेलबाट डोटीको दिपायल सिलगडि नगरपालिका–४ बस्ने ३२ वर्षीय दिपेन्द्र वड पक्राउ परेका छन् । उनको साथबाट ६४० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।

Loading...