कैलाली–कञ्चनपुरमा गहुँ छर्ने समय नजिकिँदा मल अभाव, किसान चिन्तित

कैलाली- गहुँ छर्ने मुख्य समय एक साता मात्र बाँकी छ तर सुदूरपश्चिमका किसान भने हरेक वर्षझैँ यस वर्ष पनि रासायनिक मल अभावले चिन्तित छन्। घोडाघोडी नगरपालिका कृषि शाखाका प्रमुख जनक धामीका अनुसार समयमा बीउ नछर्दा गहुँको बालामा दाना कम लाग्ने, बिरुवा राम्रोसँग नबढ्ने र कुल उत्पादनमा गिरावट आउने सम्भावना रहेको छ।

धामीका अनुसार धेरै किसानले गहुँ रोप्नुअघि नै युरिया मल आवश्यक पर्छ भन्ने भ्रममा परेका छन्। तर सुरुवाती चरणमा युरियाको बदला डीएपी र पोटास पर्याप्त हुने उनी बताउँछन्। डीएपीमा नै १८ प्रतिशत नाइट्रोजन पाइने भएकाले सुरुवातमै युरिया खोज्नु आवश्यक नरहेको धामीको भनाइ छ। पोटास प्रयोगले गहुँको जरा बलियो बन्ने, बिरुवा स्वस्थ रहने र बीउको अंकुरण राम्रो हुने उनले जानकारी दिए।

Navadurga sun

मल अभावका कारण किसानले अक्सर गहुँ छर्न ढिलाइ गर्ने गरेको पाइएको छ। सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा धेरैजसो परिवार कृषि निर्भर रहेका छन्। सरकारले कृषिमा क्रान्ति ल्याउने घोषणा गरे पनि यहाँका किसानलाई बेसिक रासायनिक मल पाउनै मुस्किल परेको छ।

साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामग्री कम्पनी लिमिटेड धनगढीले प्रदेशमा मल वितरण गर्दै आए पनि किसानले आवश्यक मात्रामा मल समयमै प्राप्त गर्न सकेका छैनन्। साल्ट ट्रेडिङका अनुसार केन्द्रबाट आएको मलमध्ये कैलालीमा ५४ प्रतिशत, कञ्चनपुरमा ३४ प्रतिशत र बाँकी अन्य जिल्लामा वितरण हुँदै आएको छ।

मल अभाव र ढिलाइले यस वर्ष पनि किसानको गहुँ उत्पादन प्रभावित हुने संकेत देखिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...