कैलालीमा तरकारी बोकेको जिपको ठक्करबाट एकको मृत्यु, तीन जना घाइते

धनगढी- कैलालीमा तरकारी बोकेको जिपले पैदल यात्री र साइकल यात्रीलाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्ग अन्तर्गत घोडाघोडी नगरपालिका–२ टनकपुरमा आइतवार बिहान पूर्वबाट पश्चिमतर्फ आउदै गरेको लु २ च २३५८ नम्बरको तरकारी बोकेको जिपले साइकल यात्री र पैदल यात्रुलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

Ganyapdhura gau
Dadhaldhura pur

जिपको ठक्करबाट साइकल यात्री बर्दगोरिया गाउँपालिका–६, कोटा तुल्सिपुर बस्ने ५५ वर्षीय शंकर डगौराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले बताए। उनकाअनुसार गम्भीर घाइते डगौरालाई उपचारका लागि घोडाघोडी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।

Navadurga sun

दुर्घटनामा अन्य तीन जना घाइते भएका छन्। घाइते हुनेमा पैदल यात्री घोडाघोडी नगरपालिका–२, साडेपानीका ५४ वर्षीय पदम बहादुर शाही, बर्दगोरिया गाउँपालिका–६, कोटा तुल्सिपुर बस्ने ५४ वर्षीय हर्क बहादुर डगौरा र बर्दगोरिया–६ कै २५ वर्षीय कृष्ण डगौरा छन्।

उनीहरुको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ। जिप र चालक रोल्पाको त्रिवेणी गाउँपालिका–४ बस्ने २३ वर्षीय सन्तोष घर्तीमगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...