धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका–१५ स्थित कालिका सामुदायिक वनभित्र एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।


स्थानीय ३० वर्षीय माघु चौधरी आइतबार सोही वन क्षेत्रमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घटनास्थलमा प्रहरी टोली पुगेको र घटनाको कारण खुल्न बाँकी रहेको बताइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।
