वेदकोट नगरस्तरीय तेस्रो मेयर कप फुटबल प्रतियोगिता सुरु

जनप्रतिनिधि र कर्मचारीबीच भएको खेलमा कर्मचारीले ३–० को अन्तरले विजय हासिल गर्यो

कञ्चनपुर- वेदकोट नगरस्तरीय तेस्रो मेयर कप फुटबल प्रतियोगिता २०८२ भव्य कार्यक्रमका बिच सुरु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि आदरणीय नगर प्रमुख भोजराज बोहरा रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता नगरप्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष चित्रदेव भट्ट रहनु भएको थियो । 

Navadurga sun
Godawari sandesh

Dadeldhura hospital

कार्यक्रममा विशिष्ट अतिथि नगर उप–प्रमुख तुलसी जोशी, निवर्तमान नगर प्रमुख अशोक कुमार चन्द, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, प्रधानाध्यापक, पत्रकार, बुद्धिजीवी, समाजसेवी, खेलाडी तथा स्थानीय बासिन्दाहरूको उपस्थिती रहेको थियो ।

यस वर्षको उद्घाटन खेल जनप्रतिनिधि र कर्मचारी टोलीबीच सम्पन्न भएको थियो । खेलमा कर्मचारी टोलीले ३–० को अन्तरले विजय हासिल गरेको छ ।

कर्मचारी पक्षबाट कमल कलौनीले २ गोल र प्रकाश कलौनीले १ गोल गर्दै टोलीलाई जित दिलाएका थिए । कार्यक्रमको उद्घोषणा वडा नम्बर ५ का वडा सदस्य पुष्कर सिंह बिष्टले गर्नु भएको थियो ।

मेयर कप प्रतियोगिता निरन्तर रूपमा सञ्चालन हुँद आएको छ । उक्त प्रतियोगिको आयोजना बेदकोट नगरपालिका ५ नं.वडा कार्यालयले गरेको हो ।

Loading...