


धनगढी- कैलालीमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्।



कैलालीको धनगढी उपमहानगरपालिका–५ हसनपुरबाट धनगढी उपमहानगरपालिका–१७ बस्ने २२ वर्षीय हरी चौधरी र गोदावरी नगरपालिका–९ बस्ने ३३ वर्षीय प्रविन राना लागुऔषधसहित सोमवार पक्राउ परेका हुन्।


यी दुबै जनालाई ३ ग्राम ३२० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित वडा प्रहरी कार्यालय धनगढी र लागुऔषध नियन्त्रण ब्युरो शाखा धनगढीबाट खटिएको सयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ।





