कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा ओझा विजयी

धनगढी- कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्करराज ओझा विजयी भएका छन् ।

रुपेश स्वाँरलाई ६१ मतले पराजित गर्दै ओझा अध्यक्षमा निर्वाचित भएका हुन् । ओझा नेतृत्वको प्यानलबाट तीन उपाध्यक्ष र एक महासचिव विजयी भएका छन् । यस्तै स्वाँर नेतृत्वको प्यानलबाट दुई उपाध्यक्ष, सचिव र कोषाध्यक्ष विजयी भएका छन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

यस्तै वरिष्ठ उपाध्यक्षमा स्वाँर प्यानलका केशवराज जोशी विजयी भएका छन्। उनी ओझा प्यानलका ओम बिष्टलाई पराजित गर्दै विजयी भएका हुन्। यस्तै उद्योग उपाध्यक्षमा स्वाँर प्यानलकै लक्ष्मणराज पन्त, एसोसियट उपाध्यक्षमा ओझा प्यानलका मनोज अग्रवाल, वाणिज्य उपाध्यक्षमा पनि ओझा प्यानलकै गगनराज केसी र वस्तुगत उपाध्यक्षमा ओझा प्यानलकै भीमराज ओझा अब्बु विजयी भएका छन्।

संघको महासचिवमा ओझा प्यानलका दिनेश लम्साल विजयी भएका छन्। उनले सुरेश पाण्डेलाई पराजित गरेका हुन्। यस्तै, कोषाध्यक्षमा तिलकबहादुर बोहरा र सचिवमा प्रकाशकुमार चन्द विजयी भएका छन्। दुबै उम्मेदवार स्वाँर प्यानलबाट चुनाव लडेका थिए।

यस्तै सदस्यमा शुभशंकर ठाकुर, तेज बम, अम्बिका भण्डारी, अजय पाण्डेय, धुव्रराज दाहाल, तर्कराज भट्ट, सुरेश सापकोटा, मन्जु भट्ट, बमबहादुर कुँवर, कमला भट्टराई, प्रेमबहादुर धामी, देवराज जोशी र प्रमिला पाठक विजयी भएका छन्।

संघको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान भएको थियो। दुई हजार तीन सय ३५ मतदाता रहेकोमा एक हजार  ९४० मत खसेको थियो। नौ पदाधिकारी र १३ सदस्य गरी २२ पदका लागि भएको निर्वाचनमा ५० जनाको उम्मेदवारी थियो ।

Loading...