मनसुनी वर्षा सक्रिय भइरहँदा सुदूरपश्चिम प्रदेशमा मौसम सामान्य

धनगढी- देशको मध्य तथा पूर्वी क्षेत्रमा मनसुनी वर्षा सक्रिय भइरहँदा सुदूरपश्चिम प्रदेशमा भने मौसम सामान्य रहेको छ ।

Dadeldhura hospital

स्थानीय वायुको प्रभाव कायमै रहेकोले एक/दुई स्थानमा वर्षा हुनसक्ने पूर्वानुमान गरिए पनि प्रदेशका अधिकांश जिल्लामा शनिवार दिउँसो घाम लागेको जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयले जनाएको छ।

godawari10 Mahila hinsa
Navadurga sun

कैलालीको चुरेपहाडी क्षेत्र गर्भामा ७० मिलिमिटर वर्षाको मापन गरिएको थियो । “सुदूरपश्चिम प्रदेशमा मौसम सामान्य रह्यो। प्रदेशमा मौसम क्रमशः सामान्य हुँदै जाने पूर्वानुमान गरिएको छ”, कार्यालयका प्रमुख सञ्जय साहले भने ।

वर्षासँगै हुनसक्ने विपद् जोखिम न्यूनीकरणका लागि कैलाली, कञ्चनपुरलगायत जिल्लाका विभिन्न नदी किनारमा ‘गेज रिडर’लाई सक्रिय पारिएको पनि उनले बताए ।

Loading...