चाडपर्वमा सुदूरपश्चिममा विशेष सुरक्षा योजना लागू

धनगढी- हिन्दु नेपालीहरूको महान पर्व बडादसैँ सुरु भएसँगै चाडपर्वमा हुनसक्ने सम्भावित घटना र आपराधिक गतिविधि नियन्त्रण गर्न सुदूरपश्चिममा विशेष सुरक्षा योजना लागू गरिएको छ ।

Dadeldhura hospital

जेन–जी आन्दोलनका क्रममा फरार भएका कैदीबन्दीका कारण यस वर्ष सुरक्षा चुनौती बढेको प्रहरी अधिकारीहरूले बताएका छन् । जबरजस्ती करणी, कर्तव्य ज्यानलगायतका मुद्दामा दोषी ठहर भइसकेका व्यक्तिहरू कारागारबाट फरार रहेकाले सुरक्षा निकाय थप सतर्क बनेका छन् ।

godawari10 Mahila hinsa
Navadurga sun

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी डम्बरबहादुर विकका अनुसार दसैँ, तिहार र छठ पर्व लक्षित एकीकृत सुरक्षा योजना बनाएर कार्यान्वयन सुरु गरिएको छ । उनका अनुसार आपराधिक गतिविधि नियन्त्रण र आवागमनलाई सहज बनाउन बसपार्क, सीमा नाका लगायतका स्थानमा नागरिक सहायता कक्षा स्थापना गरिएको छ ।

चाडपर्वमा आवागमन बढ्ने भएकाले ट्राफिक व्यवस्थापनमा पनि विशेष ध्यान दिइएको छ । साथै, सीमा सुरक्षासँगै चोरी, तस्करी, ठगी, लुटपाट, जुवालगायतका अपराध नियन्त्रण गर्ने रणनीति समेत लागू गरिएको प्रहरीले जनाएको छ ।

Loading...