राष्ट्रसेवक सहकारीको प्रशिक्षण तीज मिलन कार्यक्रम

धनगढी- धनगढीमा राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारी प्रशिक्षण एवं तीज मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।
आइतबार सहकारी संस्था लिमिटेडले हरितालिका तीज तथा थारु समुदायको अट्वारी पर्वको अवसरमा उक्त कार्यक्रम गरेको हो। सहकारी संस्थाका अध्यक्ष लक्ष्मणराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री सन्तोष शर्मा थापा प्रमुख अतिथि रहेकी थिइन् । उनले हरितालिका तीज तथा थारु समुदायको अट्वारी पर्वको शुभकामना दिँदै यस्ता पर्वले एक आपसमा भाइचाराको सन्देशसहित मेलमिलाप तथा सद्भाव कायम गर्न मद्दत मिल्ने बताइन् ।

Ganyapdhura gau
Dadhaldhura pur

उनले सहकारीले आगामी दिनमा पनि सहकारी प्रशिक्षणसँगै परम्परागत रुपमा मनाउँदै आएका चाडपर्वको संरक्षण तथा सम्वद्र्धनमा जोड दिने विश्वास व्यक्त गरिन् ।

Navadurga sun

कार्यक्रममा सहकारी रजिष्टार कार्यालयका देवराज पन्त, सहकारीका प्रदेश अध्यक्ष माधव जोशी, रामचन्द्र जोशी, भूपेन्द्र थापा, जयदेव जोशी लगायत उपस्थिती रहेको थियो । कार्यक्रममा १०० भन्दा बढी महिलाहरुको सहभागिता रहेको अध्यक्ष जोशीले जानकारी दिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...