अत्तरियामा सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिका लागि छुट्याइएको सिटको छड्के अनुगमन

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका अत्तरियामा सार्वजनिक यातायातका साधनमा अपाङ्गता भएका व्यक्तिका लागि छुट्याइएका सिटको अवस्था बुझ्न छड्के अनुगमन गरिएको छ ।

नेपाल मानव अधिकार आयोग, यातायात कार्यालय कैलाली, नेपाल प्रहरी, ट्राफिक प्रहरी कार्यालय मालाखेती, ईप्रका मालाखेती लगायतका सरोकारवालाको टोलीले अत्तरिया बसपार्कमा सञ्चालन भइरहेका गाडीहरूमा अनुगमन गरेको हो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

अनुगमनका क्रममा अपाङ्गता भएका, ज्येष्ठ नागरिक र असक्षम व्यक्तिको सुरक्षा तथा सुविधा सुनिश्चित गर्न आवश्यक कदम चाल्नुपर्नेमा सरोकारवालाले जोड दिए । नियम अनुसार छुट्याइएको सिट नभएका गाडीलाई तत्काल सुधार गर्न निर्देशन दिइएको छ ।

डिआईजी डम्मर बहादुर बिकले सार्वजनिक यातायात सबैका लागि पहुँचयोग्य हुनुपर्ने बताए । यातायात कार्यालय कैलालीका प्रमुख भुवन जोशीले चालक मात्र नभई यात्रुले पनि सहयोगी संस्कार विकास गर्नुपर्ने धारणा राखे ।

राष्ट्रिय मानव अधिकार आयोगका सह–सचिव प्रकाश दत्त भट्टले सार्वजनिक यातायातमा समान अधिकार सुनिश्चित गर्नु संवैधानिक दायित्व भएको बताए । ट्राफिक प्रहरी प्रमुख प्रेम बहादुर शाहीले नियम उल्लंघन गर्ने गाडी सञ्चालकलाई कानूनी कारबाही हुने चेतावनी दिए ।

अनुगमनमा सहभागी अन्य सरोकारवालाहरूले अपाङ्गता भएका व्यक्तिलाई सिट छुट्याउने, सहायता गर्ने र सम्मानजनक व्यवहार सुनिश्चित गर्न सबैको योगदान आवश्यक रहेकोमा जोड दिए ।

Loading...