संसद खुलाउन सत्तापक्षले भूमिका खेल्नुपर्ने : एमाले उपाध्यक्ष रावल

अछाम, १ असोज- नेकपा एमालेका उपाध्यक्ष डाक्टर भीम रावलले संसदको अवरोध खुलाउन सत्तापक्षले कुनै पहल नगरेको आरोप लगाएको छ । वर्तमान सरकार तथा सात्ता साझेदारहरु संसदको अवरोध समाधान गर्नतर्फ भन्दा पनि पेलेरै अघि बढ्न खोजेको भन्दै नेता रावलले उचित समाधानका लागि सरकारको नेतृत्वकर्ताले कुनै पहल नगरेको बताएका छन् ।

प्रेस चौतारी अछामले सदरमुकाम मंगलसैनमा गरेको पत्रकार सम्मेलनमा एमाले नेता रावलले नेपालको संविधान जारी भएयता नै देशमा स्थिरता हुन नसकेको भन्दै नेपाली जनताले निर्वाचित गरेको प्रतिनिधिको सार्वभौम थलो संसद भएको र यसले आफ्नो उपयोगितालाई सिद्ध गर्नुपर्ने बताए । प्रेस चौतारी अछामका अध्यक्ष टेकराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेता रावलले जनताप्रतिको उदासिनताकै कारण अहिले बजेट खर्च नपाउने अवस्था सिर्जना भएको बताएका छन् ।

Navadurga sun
Godawari sandesh

नेपालको ईतिहासमै यो पहिलो पटक समस्या आएको भन्दै यस्तो हुँदा समेत सरकारको नेतृत्व गरिरहेकाहरुलाई कुनै चिन्ता नरहेको दाबी गरेका छन् । २ महिना बितिसक्दा समेत मन्त्रीमण्डलले पूणर्ता नपाउनु अर्को बिडम्बना भएको उनको भनाई रहेको छ । राजनीतिक दल विभाजित हुन नहुने भन्दै पूर्व उपप्रधान, रक्षा तथा गृहमन्त्री रहनु भएका नेता डाक्टर रावलले नेपालको संविधान जारी गर्दा निकै मेहनतका साथ राजनीतिक दल विभाजनका लागि केन्द्रीय कमिटि र संसदमा ४० प्रतिशत हुनुपर्ने व्यवस्था गरिएको स्मरण गरे ।

Dadeldhura hospital

दुबै मध्ये कुनै एउटामा ४० प्रतिशत भए हुने अध्यादेश ल्याउँदा निकै बिरोध गर्ने वर्तमान सत्ता साझेदार दलले अहिले कुनै एउटामा मात्रै २० प्रतिशत भए पार्टी विभाजन गर्न सकिने अध्यादेश ल्याएको भन्दै यस कार्यको निन्दा समेत व्यक्त गरेका छन् । देशको स्वाधीनता तथा अखण्डता संकटमा परेको बेला वर्तमान सरकार चुपचाप बसेको नेता रावलको आरोप छ । “नेपालीलाई तुईन काटेर नदीमा फालियो, अनधिकृत रुपमा नेपाली आकाशमाथी हेलिकप्टर उडाईयो, एमसीसी पास गर्न दबाद दिँदै नेताको दैलो चहारियो तर यसका बिरुद्ध कुनै ठोस कार्य भएन” नेता रावलले भने ।

पार्टी विभाजनपछि पहिलोपटक गृहजिल्ला अछाम पुग्नुभएका नेता रावलले आफुलाई पार्टी एकताको जिम्मा दिई कार्यदल बनाएपछि निकै मेहनताका साथ १० बुँदे सहमति बनाईएको र यसकै आधारमा अघि बढ्नुपर्नेमा पार्टी विभाजन गरिएको बताए ।

एमाले र एमालेबाट अलग हुनेले पार्टी विभाजनको नमिठो स्वाद चाखिसकेकाले विभाजनले पार्टी, देश र जनता कसैको हित नहुनेमा प्रट्याएका थिए । आफुले कामका आधारमा, विषय र प्रसंगका आधारमा बोल्ने गरेको भन्दै आफ्नो चिन्ता पार्टीको हित र देशको भलाई नै रहेको दाबी गरे ।

एमाले २०७५ जेठ २ मा फर्किने कुरालाई पार्टीले निणर्य गरी यसको कार्यान्वयन भैसकेको अवस्थामा अब ढुलमुल हुने अवस्था नरहेको नेता रावलको भनाई छ । पार्टी विधान अनुसार आफु पार्टीको उपाध्यक्ष र सुदूपश्चिम संयोजक रहेको उनले बताए । पार्टी अध्यक्ष केपीशर्मा ओलीसंग पनि त्यही कुरा भएको र सुदूरपश्चिममा समस्या भएको अवस्थामा आफु सहति लेखराज भट्ट र कणर् थापाको टोलीले सहजीकरण गर्ने निर्देशन आएको रावलको भनाई छ । सबै नेता कार्यकर्ताको प्रयासले एमाले पुरानै अवस्थामा आउने रावलको विश्वास छ ।

Loading...